निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
निस्दी गाउँपालिकाको कार्यपालिकाको आयोजनामा निस्दी आधारभूत अस्पतालका लागि नियुक्त हुनुभएका डा. अन्जली अधिकारी ज्यूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम मिति २०८३ असोज १९ गते निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
मिति २०८३ असोज ५ गते औपचारिक रूपमा उद्घाटन भएको निस्दी आधारभूत अस्पतालमा चिकित्सकीय सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय तथा नागरिकमैत्री बनाउने उद्देश्यले डा. अधिकारीलाई स्वागत गरिएको हो।
कार्यक्रममा निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा डा. अधिकारीलाई स्वागत गर्दै निस्दीवासी नागरिकलाई सहज, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको थियो।
स्थान: निस्दी गाउँपालिकाको सभाहल
मिति: २०८३ असोज १९ गते
निस्दी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा