निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
निस्दी गाउँपालिकाको आयोजनामा पालिकाअन्तर्गतका मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित "३ दिने पुनर्ताजगी तालिम" मिति २०८३ कार्तिक १३ गते सफलतापूर्वक सम्पन्न भएको छ।
कार्तिक ११ गतेदेखि सुरु भएको यस तालिमले स्थानीय स्तरमा हुने विवादहरूलाई समुदायमै आपसी समझदारी र मेलमिलापका माध्यमबाट समाधान गर्न थप प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।
तालिममा सक्रिय रूपमा सहभागी हुनुहुने सम्पूर्ण मेलमिलापकर्ताहरू, प्रशिक्षक तथा तालिम सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।