निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा
निस्दी गाउँपालिकाको आयोजनामा निस्दी गाउँपालिकामा कार्यरत पशु प्राविधिकहरूका लागि राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (National Animal Health Information System - NAHIS Reporting) सम्बन्धी १ दिने तालिम मिति २०८३ असोज २१ गते निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
पशु स्वास्थ्यसम्बन्धी सूचना तथा तथ्याङ्कलाई व्यवस्थित, विश्वसनीय र प्रभावकारी रूपमा अभिलेखीकरण तथा प्रतिवेदन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा गाउँपालिकाका पशु प्राविधिकहरूको सहभागिता रहेको थियो।
तालिममार्फत NAHIS मा पशु स्वास्थ्यसम्बन्धी विवरण प्रविष्टि, सूचना व्यवस्थापन, प्रतिवेदन प्रणाली तथा तथ्याङ्कको प्रभावकारी उपयोग सम्बन्धी विषयमा आवश्यक ज्ञान तथा सीप अभिवृद्धि गरिएको छ।
यस प्रकारका क्षमता विकाससम्बन्धी तालिमले पशु स्वास्थ्य सेवाको तथ्यमा आधारित योजना निर्माण, रोग निगरानी तथा नियन्त्रण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
निस्दी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, मित्याल, पाल्पा