निस्दी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा

नेपालीहरूको महान् पर्व विजया दशमी, २०८३ को पावन अवसरमा निस्दी गाउँपालिकावासी सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने यस महान् पर्वले आपसी सद्भाव, एकता, भाइचारा, सामाजिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै सबैमा सकारात्मक सोच, नयाँ ऊर्जा र उत्साह प्रदान गरोस्।
यस पर्वले निस्दी गाउँपालिकाको समग्र विकास, समृद्धि र सुशासनको यात्रामा सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
हार्दिक शुभकामना!
निस्दी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा, लुम्बिनी प्रदेश