" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD
All wards
आधारभूत जानकारी
यम बहादुर राना
9840492319
nisdi1bakamalang@gmail.com
निस्दी-१, बाकामलाङ
Ward statistics
Population 2299
Households 0
Area 20.5
संक्षिप्त विवरण (Short Description)
निस्दी गाउँपालिकाको वडा नं १ साबिक बाकामलाङ्ग गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ | १ नं. वडा निस्दी गाउँकार्यपालिकाको कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा २२९९ जना जनसंख्या रह्रेको छ । यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न पैदल चार घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे तिन घण्टा समय लाग्छ । १ नं. वडाका बजारी क्षेत्रहरू पूर्व मलाङ्ग,डमरा, लेक मलाङ्ग, र अर मलाङ्ग हुन् । साथै काली गण्डकी किनारा भोटाहा, बगैँचा, राइका देवी मन्दिर, राईका भन्ज्याङ्ग र छपाक्दी डाँडा प्रमुख पर्यटकीय स्थल हुन् । १ नं. वडामा सरकारी बिद्यालय जम्मा ८ बिद्यालय रहेका छन । जस मध्ये ७ वटा आधारभुत बिद्यालय र १ वटा माध्यमिक बिद्यालय रहेको छ। यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री पुर्ण बहादुर खाण्ड ज्यू निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाव २०७९ मा अध्यक्षको रुपमा श्री यम बहादुर राना ज्यू निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)
Map coordinates not available