" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD
All wards
आधारभूत जानकारी
फत्त बहादुर दर्लामी
9860509255
nisdi2sahalkot@gmail.com
निस्दी-२, सहलकोट
Ward statistics
Population 0
Households 0
Area 12.5
संक्षिप्त विवरण (Short Description)
निस्दी गाउँपालिकाको वडा नं २ साबिक बाकामलाङ्ग गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९, मिलेर बनेको छ | २ नं. वडा निस्दी गाउँकार्यपालिकाको कार्यालय देखि पूर्व दिशामा पर्दछ । यस वडामा राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा १५९८ जना जनसंख्या रह्रेको छ । यस वडाको जम्मा क्षेत्रफल १२.५ वर्ग कि.मि रहेको छ ।यस वडा बाट गाउँपालिकाको केन्द्रमा पुग्न साढे दुई घण्टा र केन्द्रबाट वडा कार्यालयमा फर्कन साढे दुई घण्टा समय लाग्छ । २ नं. वडाका बजारी क्षेत्रहरू भाङ्बारी, लिन्दी, पुरनथर, आनन्दी र भन्ज्याङ्ग हुन् । साथै जुरे गुफा र चमेरो गुफा प्रमुख पर्यटकीय स्थल हुन् । २ नं. वडामा सरकारी बिद्यालय जम्मा ५ बिद्यालय रहेका छन । जस मध्ये ३ वटा आधारभुत बिद्यालय र २ वटा माध्यमिक बिद्यालय रहेको छ।यस वडा बाट स्थानीय तहको चुनाब २०७४ मा अध्यक्षको रुपमा श्री पुर्ण बहादुर थापा बाकाबल ज्यू, निर्वाचित हुनु भएको थियो । यसै गरी स्थानीय तहको चुनाब २०७९ मा अध्यक्षको रुपमा श्री फत्ते सिं दर्लामी ज्यू, निर्वाचित हुनु भएको छ ।
नक्शा दृश्य (Map View)
Map coordinates not available