" शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटन सहितको पूर्वाधार: प्रकृति र मगर सस्कृति निस्दीको आधार "

header AD

पसल अनुगमन तथा म्याद गुज्रेका सामग्री नष्ट

बजार अनुगमननिस्दी गाउँपालिकाको आयोजनामा मिति २०८३ असोज १६ गते निस्दी गाउँपालिका वडा नं. ४ र ५ अन्तर्गत सञ्चालित विभिन्न पसल तथा व्यवसायहरूको अनुगमन कार्य सम्पन्न भएको छ।

अनुगमनका क्रममा उपभोग्य म्याद समाप्त भएका तथा बिक्रीका लागि अनुपयुक्त करिब रु. २८,९०७।- (अक्षरेपी अट्ठाइस हजार नौ सय सात रुपैयाँ) बराबरका विभिन्न सामग्रीहरू फेला परेकोमा प्रचलित व्यवस्था बमोजिम जफत गरी नष्ट गरिएको छ।

अनुगमनको मुख्य उद्देश्य बजारमा बिक्री वितरण हुने वस्तु तथा सेवाको गुणस्तर कायम गर्नु, उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षण गर्नु र म्याद गुज्रेका तथा अनुपयुक्त सामग्रीको बिक्री वितरणलाई नियन्त्रण गर्नु रहेको छ।

निस्दी गाउँपालिका सम्पूर्ण व्यवसायीहरूलाई म्याद गुज्रेका सामग्री बिक्री वितरण नगर्न तथा उपभोक्ताको स्वास्थ्य र हितप्रति जिम्मेवार भई व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दछ।

निस्दी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
मित्याल, पाल्पा