FAQs Complain Problems

आजबाट तीन दिने एकीकृत घुम्ती सेवा शूरुवात भएकाे छ ।

आज मिति २०७५।०८।०५ गतेका दिन जिल्ला प्रशासन कार्यालय पाल्पाकाे आयाेजना तथा निस्दी गाउँपालिकाकाे समन्वयमा आयाेजित एेकिकृत घुम्ती सेवा कार्यक्रम यस निस्दी गाउँपालिकाकाे अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूकाे अध्यक्षता, प्रमुख अतिथि श्रीमान् प्रमुख जिल्ला अधिकारी मनाेहर प्रसाद खनाल ज्यू ,अतिथिहरु प्रहरी उपरिक्षक श्री विश्वमणी पाेखरेल ज्यू, शसस्त्र प्रहरीकाे प्रहरी नायक उपरिक्षक श्री इश्वरी प्रसाद खनाल ज्यू, प्रमुख अनुसन्धान अधिकृत श्री सन्तोष बस्नेत ज्यू,  रामपुरकाे नेपाली सेनाकाे प्रमुख,  निस्दी गाउँपालिकाकाे उपाध्यक्ष श्री रिता कुमारी अर्याल खनाल ज्यू,  जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख श्री धर्मा बेलबासे ज्यू ,भेटेनरी अस्पताल  तथा पशु सेवा केन्द्र पाल्पाका प्रमुख डा चन्द्र बहादुर राना, जिल्ला प्रशासन कार्यालय पाल्पा प्रशासकीय अधिकृत श्री हुम बहादुर पाण्डे ज्यू  तथा घुम्ती शिविरका सम्पूर्ण कर्मचारी ज्यूहरु, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष श्री राजेश कुमार अर्याल ज्यू , कान्तिपुर दैनिकका उप सम्पादक श्री माधव अर्याल ज्यू, हरुकाे आतिथ्यतामा तिन दिन सम्म संचालन हुने एकीकृत घुम्ती सेवाकाे पहिलाे दिनकाे उद्घाटन कार्यक्रम सम्पन्न भयाे । आज पहिलाे दिन निस्दी गाउँपालिका वडा नम्बर ४ निवासी वर्ष १६ की लाल माया राक्सेलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनाेहर प्रसाद खनाल र कार्यक्रमका अध्यक्ष तथा निस्दी गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारुद्धारा सयूंत्त रुपमा नेपाली नागरिकताकाे प्रमाण पत्र प्रदान गरियाे ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि