Submitted on: Thu, 09/10/2026 - 14:58
“आत्महत्या रोकथामबारे संवाद गरौँ, दृष्टिकोण बदलौँ” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा निस्दी गाउँपालिकाको आयोजनामा सरोकारवालाहरूसँग जनचेतना तथा अन्तरक्रिया कार्यक्रम मिति २०८३ भदौ २५ गते सम्पन्न भएको छ।