निस्दी गाउँपालिकाको १७ औँ गाउँसभा अन्तर्गतको पहिलो तथा दोस्रो बैठक मिति २०८२ असार ८ गतेका दिन सम्पन्न भएको छ। पहिलो बैठकमा चालु आर्थिक वर्षको समीक्षा, आगामी आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत तथा छलफल भई पारित भएको र दोस्रो बैठकमा आ.व २०८२/८३ को बजेट बक्तव्य र आर्थिक विधेयक प्रस्तुत भएको छ।