FAQs Complain Problems

निस्दी गाउँपालिकाले आ•व•२०७५/७६ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमकाे झलकहरु

आज मिति २०७५।०७।१५ गतेका दिन यस निस्दी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सफलताकाे साथ सम्पन्न गरियाे । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा गाउँकार्यपालिकाको कार्यालय मित्याल पाल्पामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बश्याल,स्वास्थ्य शाखाका संयोजक मीन बहादुर राना निस्दी गाउँपालिका शिक्षा शाखाका संयोजक ऋषि बहादुर राना, लगायतले नागरिकले उठाएका जिज्ञासा मेटाउनुभएको थियोे ।  साे कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका देबिलाल लामिछाने ,नेपाली काङ्ग्रेसका शालिकराम पाण्डे ,नेपाल पत्रकार महासँघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले आफ्ना भनाइ राख्नुभएको थियो। कार्यक्रममा सहभागी नागरिकले शिक्षा ,स्वास्थ्य,खानेपानी लगायतका विविध बिषयमा जिज्ञासा उठाउनु भएकाे  थियाे ।  निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार राजेन्द्र लिगलले गर्नुभएको थियाे ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि