FAQs Complain Problems

बेलडाँडा ढुंगानाबेशी मित्याल अरुणखोला मोटरबाटो माननीय मुख्यमन्त्री शंकर पोखरेलद्धारा उद्घाटन

मिति २०७५।०९।२८ गते शनिबारको दिन बेलडाँडा ढुंगानाबेशी मित्याल अरुणखोला मोटरबाटोको समुद्घाटन  प्रदेश नम्बर ५ का माननीय मुख्य मन्त्री शंकर पोख्रेल ज्यू, द्धारा निस्दी गाउँपालिकाकाे झ्याल्टुङ स्थित  समारोहका बीच गर्नु भएकाे छ । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ का भौतिक पुर्बधार विकास मन्त्री बैजनाथ चौधरी,संघीय संसद दल बहादुर राना , गण्डकी प्रदेशका संघीय संसद तिलक महत, प्रदेश सभा सदस्य युवराज खनाल , गण्डकी प्रदेश सभा सदस्य जनक लाल श्रेष्ठ लगायतले आआफ्नो धारणा राख्नु भएकाे थियाे । साथै निस्दी गाउँपालिका मित्यालमा भएको मोटर बाटो उदघाटन कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले दुई वटा प्रदेशलाई जोड्ने बाटोलाई निरन्तर रूपमा संचालनको लागि जलुके घाटमा पक्की पुल निर्माणको लागि पहल गर्ने बाचा गर्नु भएकाे छ । उहाँले प्रदेश सरकार कृषिलाई आधुनिकीकरण बजारीकरण र व्यवसायीकरण गरेर आगडी बढ्ने  कुरा राख्नु भयाे ।

कार्यक्रममा मोटरबाटो निर्माण कार्यमा सहयोग पुर्याउनेहरुलाई सम्मान गरेको थियो । साथै कार्यक्रममा तोकिएको समयभन्दा अगावै बाटो खोल्न सफल स्काभेटर मेसिन चालक पदम बहादुर गुरुङ र पहिलो चोटि बस गुडाउने बस चालक शेर बहादुर बयम्बुलाई नगद र दोसल्लाले सम्मान गरेको थियोे । पाल्पाको मित्याल हुँदै नवलपुरको अरुणखोला महेन्द्र राजमार्गसम्म जोड्न बीचमा रहेको ढाँडको बाटो खोल्न सफल भएपछि पुर्वी पाल्पाको रामपुर मित्याल हुँदै अरुणखोला जान धेरै सजिलो भएको छ ।

मध्यबिन्दु नगरपालिका नवलपुरका प्रमुख चन्द्र बहादुर रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष लोक गायक बद्री पंगेनीको सांगीतिक प्रष्तुती तथा स्थानीय कौरा नाच समेत रहेको थियो ।

पाल्पाको मित्याल लामेदमार र नवलपुर दमारको वीचमा रहेको करिब १३ किलो मिटर बाटो खुलाउन संघीय संसद दलबहादुर राना र तिलक महतले ५० र ५० लाख मध्यविन्दु नगरपालिकाले ५० लाख र निस्दी गाउँपालिकाले ४० लाख रकम विनियोजन गरेको थियो। पुर्वी पाल्पा र नवलपुर जिल्लाका जन्ताहरुको उल्लेख सहभागिता रहेको कार्यक्रमको संचालन निस्दी गाउँपालिका प्रबक्ता मेख बहादुर सुनारीले गरेका थिए ।

 

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि