FAQs Complain Problems

विद्यालयहरुको गुणस्तर सुधार गर्ने उद्येश्यले एक दिने अर्न्तक्रिया तथा अभिमुखीकरण तालिम

मिति २०७५।०२।०५ गते शनिबारको दिन यस निस्दी गाउँपालिका अर्न्तगतका सम्पूर्ण विद्यालयहरुको गुणस्तर सुधार गर्ने उद्येश्यले एक दिने अर्न्तक्रिया तथा अभिमुखीकरण तालिम निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु को अध्यक्षता तथा शिक्षा मन्त्रालयका उप सभिव दिपेन्द्र ढकालको प्रमुख अतिथि तथा प्रशिक्षणमा शिक्षा क्षेत्रसंग सम्बन्धीत जन प्रतिनिधि कर्मचारी विद्यालयका प्र.अ. वि.व्या.स.का अध्यक्ष लगायतका उपस्थितिमा एक दिने अर्न्तक्रिया तथा अभिमुखीकरण तालिम निस्दी गा.पा. ५ नं. वडा ढुंगानावेशीको जनता मा.वि मा सञ्चालन भयो ।साथै निस्दी गाँउपालिकाको शैक्षिक घोषणाहरु

निस्दी गाँउपालिकाको शैक्षिक घोषणा

२०७५ साल जेठ ५ गते निस्दी गाँउपालिकामा भएको शैक्षिक अवस्था विश्लेषण सम्बन्धी अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्र.अ, वि.व्य.स पदाधिकारी र अन्य सरोकारवालाहरुको सहभागितामा यस गाँउपालिकाको शैक्षिक विकासका लागि देहायको विषयवस्तुलाई कार्यान्वयन गर्न आ–आफ्नो क्षेत्रवाट सहयोग र प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौंं ।

१ आफ्नो सेवा क्षेत्र भित्रका सवै विद्यालय जाने उमेरका बालबालिकाहरु लाई पूर्णरुपमा भर्ना गराइ बालबालिकाहरु विद्यालय भन्दा बाहिर नभएको सुनिश्चितताको घोषणा गरिनेछ ।

२  पूर्व प्राथमिक शिक्षा मानवको भावी जीवनको तयारीका लागि सर्वाधिक महत्पूर्ण चरण भएकोले बालबालिकाको         सर्वाङ्गीण विकासका लागि उच्च महत्व दिदै क्रमशः सबै विद्यालयमा पूर्व प्राथमिक कक्षालाई व्यवस्थित गरिदै लगिने छ र  समुदायमा व्यवस्थित रुपमा संचालन हुन नसकेका बालविकास केन्द्रहरुलाई पनि  क्रमश व्यवस्थित गरिदै लगिने छ ।

३  जिल्लाका जनजाति,दलित, बोटे, कुमाल र अन्य कठीन समुदायका बालबालिकामा देखिएको कमजोर आन्तरिक सक्षमता (भर्ना, उत्तिर्ण, धानिने, दोहोर्याउने र छाड्ने दर) लाई सम्बोधन गर्न स्थान विशेष र विद्यालयगत विशिष्टीकृत प्रयास गरिने छ । विद्यालयतहमा जनप्रतिनिधि, शिक्षक स्टाफ बैठक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा छलफल गरी समस्या समाधानका आ–आफ्नै मौलिक उपाय पहिचान र कार्यान्वन गरिने छ ।

४  विद्यार्थी मूल्यांकनलाई पठनपाठनमा सुधारको प्रमुख आधार बनाउन विद्यार्थीले परीक्षामा प्राप्त गरेको वास्तविक नतीजालाई विद्यार्थीको व्यक्तिगत अवस्था विश्लेषण गरी सुधारको उपयुक्त उपाय अबलम्बन गर्ने नीति अपनाइनेछ ।

५ उपयुक्त नदेखिएका सामुदायिक विद्यालय गाभ्ने,भरसक नयाँ स्थापना नगर्ने, तह र कक्षोन्ति नगर्ने पक्षलाई उच्च महत्व दिदै बालबालिको पठनपाठन र शैक्षिक गुणस्तरमा विशेष ध्यान केन्द्रीत गरिने छ ।

६  साक्षरता पछिको निरन्तर सिकाइमा जोड दिन  राज्यबाट प्रदान गरिने सुविधाका लागि नागरिकता, वृद्ध भत्ता, राहदानी जस्ता पक्षमा सामान्य लेखपढ र हस्ताक्षरलाई अनिवार्य गर्ने तर्फ जोड दिइनेछ  ।

७  स्रोतव्यक्ति र विद्यालय निरीक्षकको भूमीकालाई शिक्षण सिकाई क्रियाकलाप (कक्षा कोठाको पढाई) मा अझ बढी केन्द्रित गरिनेछ । नमुना शिक्षण, कक्षा अवलोकन र अवलोकन पछि शिक्षक र विद्यालय परिवारसँगको छलफललाई ख्ष्कगब िप्रस्तुत गरी प्राविधिक सहयोगको संस्कृती विकास गरिनेछ ।

८  महिला प्र.अ.संख्या बढाई शैक्षिक नेतृत्वमा महिलाको सहभागिता वृद्धि गर्न थप छलफल, विश्लेषण र बहस गरी आवश्यक प्रक्रिया अवलम्बन गरिनेछ ।

९ शैक्षिक सुधारको मर्म र भावना, सिमित स्रोत र साधनको विद्यामान अवस्थालाई हृदयंगम गरी दरबन्दी मिलान कार्य अनिवार्य देखिन्छ । यसका लागि सबै पक्ष सम्वेदनशील भई आ–आफ्नो क्षेत्रवाट  सहयोग र प्रयत्न गरिने छ ।

१०  प्राविधिक तथा व्यवसायिक शिक्षालाई गाउँपालिकामा व्यवस्थित र विस्तार गर्न हालसम्मको अवस्था विश्लेषण गरी थप पहल र प्रयत्न गरिने छ ।

११  स्थानीय पाठ्यक्रमको रुपमा अमलिसो,अदुवा,सुन्तला सम्बन्धी पहल र प्रयत्नलाई अनुभवका आधारमा थप छलफल गरी व्यवस्थित गरिने छ । स्थानीय विषय स्थानीयतासँग बढी सम्बन्धित हुने हुँदा संबन्धित वडासंग समन्वय गरी उचित महत्व दिइने छ ।

१२  गाउँपालिकामा कर्मचारी व्यवस्थान गर्न सम्बन्धित निकायमा उचित महत्व दिन भेलाले अनुरोध गर्दछ । सेवा प्रदान गर्ने निकायमा कर्मचारी नहँुदा सेवाग्राहीलाई पर्ने असुविधा र दुरगामीरुपमा शैक्षिक गुणस्तरमा पर्ने असरलाई ध्यान दिन भेलाले सम्बद्ध निकायमा  ध्यान आकर्षण गराउनेछ  ।

१३ शिक्षामा संलग्न कर्मचारीहरुको  विशेष गरी विद्यालय निरीक्षक र स्रोतव्यक्तिहरुको क्षमता विकास गरी  सबै विद्यालयहरुको ख्ष्कगब िच्भअयचम तयार गरिने छ साथै सबै विद्यालयहरुको  गुणस्तर परीक्षण गरी विद्यालयहरुको ख्ष्कगब िच्भअयचम र स्तर निर्धरणको अवस्थालाई सार्वजनीककरण गरिने छ ।

१४ हरेक शिक्षकले विद्यार्थीलाई पढ्ने (हरेक विद्यार्थीको घरको पृष्ठभूमि, सिकाइको गति र क्षमता, व्यक्ति विशेषका समस्या आदि) शिक्षकको रुपमा विकसित गरिनेछ । विभिन्न प्रकारका शिक्षक तालिममा आर्जन गरेका ज्ञान, सीप, प्रवृत्ति र क्षमतालाई समेत यस प्रक्रिया अर्थात विद्यार्थीलाई पढ्ने शिक्षकको रुपमा विकसित गर्न उपयोग गरिने  छ । यसका लागि शिक्षक गुरु गुरुआलाई सम्मान र सहयोग गर्न सवै सरोकारवाला तयार र तत्पर भएको प्रतिवद्धता व्यक्त गर्दछौंं ।

१५ सवै अभिभावक र विद्यार्थीलाई पूरा समय विद्यालयमा पठनपाठन हुन्छ भन्ने कुराको सुनिश्चितता गर्न जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यालय प्रशासन घनीभूत रुपमा छलफल गरी यस कुरालाइ सम्बोधन गरिने छ ।

१६  बालबालिकाको सिकाइलाई अझ व्यवस्थित र प्रभावकारी गराउन क्रियाकलापमा आधारित तथा बालमैत्री शिक्षण सिकाइमा जोड दिइने छ ।

१७ प्रत्येक विद्यार्थीसंग कुनै न कुनै प्रकारको विशिष्ट क्षमता हुन्छ भन्ने मान्यतालाई कदर गर्न हरेक विद्यालयमा जनप्रतिनिधि,शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका वैठकमा विद्यार्थीको प्रतिभा पहिचान र सम्बोधन सम्बन्धी  कार्यलाई नियमित प्रकृयाको रुपमा विकास गरिने छ । विभिन्न प्रतिभाका विद्यार्थीको क्षमता विकास गर्न विद्यालयले अवस्था र परिवेश अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने छ ।

१८ प्रारम्भिक कक्षाका बालबालिकाहरु पढ्ने कक्षालाई छापामययुत्त र बसाइ व्यवस्थापन बालमैत्री बनाइनेछ ।

१९ शिक्षामा नविनतम प्रविधिको प्रयोगलाइ जोड दिन कम्पुटर,नेट इन्टरनेट माध्यमबाट म्ष्नष्तब ि ीष्तभचबअथ लाई जोड दिइनेछ ।

२० विद्यालयमा प्रयोगमा आउने सवै अभिलेखहरुलाई क्रमशः व्यवस्थित गर्दै लगिनेछ ।

२१ विद्यार्थीहरुको स्वास्थ्य,सरसफाई  तथा पोषणको अवस्थालाई ध्यान दिइ स्वास्थ्य परीक्षण, दिवा खाजा, शारिरीक परीक्षण,प्राथमिक उपचार बाकसको व्यवस्थापन, श्रवण एबम् दृष्टि क्षमता जाँच,जुका नियन्त्रण कार्यक्रम र सरसफाई कार्यक्रम संचालन गरिनेछ ।

२२ समुदाय र घरको वातावरण अनुकुल बनाउन टोल पढाई समुह गठन गरी अशल अभिभावकका सुचकहरु मार्फत स्वमुल्याकंन गराई उत्कृष्ट अभिभावक पहिचान र सम्मान कार्यक्रम प्रत्येक विद्यालयले गर्ने परीपाटीको थालनी गर्ने ।

२३  विद्यालयले गरेका कामहरुको प्रतिवेदन स्रोतकेन्द्र र गाउँपालिकमा समेत अनिवार्यरुपमा दिने ।

२४ सवै विद्यालयलाई शान्तिक्षेत्रको रुपमा घोषणा गर्ने र अव आइन्दा विद्यालयहरुमा पठनपाठन हुने दिनमा बालबालिकाको पठनपाठन लाई नकारात्मक असर पर्ने गरी कुनै किसिमको गैर शैक्षिक कार्यव्रmम संचालन गरिने छैन् ।

२५ सवै विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्न नमुना विद्यालय संबन्धि सुचिजाँच निर्माण गरी सो को कार्यान्वयन गराउन  सहयोगी पुस्तिका निर्माण गर्ने र नमुना विद्यालय घोषणा गर्दै जाने ।

(धन्यबाद)

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि