FAQs Complain Problems

हुंसी शिवम् सिमेन्ट परिवार र निस्दी गाउँपालिका बीच अर्न्तक्रिया तथा छलफल कार्यक्रमकाे झलकहरु

आज मिति २०७५ मंसिर ११ गते मंगलबारकाे दिन यस निस्दी गाउँपालिकाकाे प्राङग्रणमा निस्दी गाउँपालिकाकाे अध्यक्ष मुक्त बहादुर सारु ज्यूकाे अध्यक्षतामा हुंसी शिवम् सिमेन्ट  परिवार र निस्दी गाउँपालिका बीच अर्न्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रममा प्रमुख अतिथि प्रदेश संसद नारायण प्रसाद आर्चाय, विशिष्ट अतिथि प्रमुख जिल्ला सभापति दयाराज बस्याल, अतिथिहरु  हुंसी शिवम् सिमेन्ट कम्पनीकाे सिनियर म्याननेजर उयू फ्याङ, हुंसी शिवम् सिमेन्ट कम्पनीकाे जनसम्पर्क अधिकृत जीवन निरौला,  हुंसी शिवम् सिमेन्ट कम्पनीकाे म्यानेजर जेम्स, निस्दी गाउँपालिकाकाे नेकपा पाटिकाे  संयाेजक देवीलाल लामीछाने तथा अन्य आतिथ्यमा हुंसी शिवम् सिमेन्ट परिवार र निस्दी गाउँपालिका बीच अर्न्तक्रिया तथा छलफल कार्यक्रममा हुंसी शिवम् सिमेन्ट कम्पनीसंग सम्बन्धीत विविध कुराहरुमा छलफल गरेकाे छ ।

कार्यक्रममा हुंसी शिवम् सिमेन्ट कम्पनीबाट प्रभावित क्षेत्र निस्दी वडा नम्बर ७ काे विशेष गरेर ज्यामिरेकाे भुटुकेका जनताहरुले भाेग्नु परेकाे समस्याहरु  राख्नु भएकाे थियाे भने हुंसी शिवम् सिमेन्ट कम्पनीकाे तर्फबाट जनसम्पर्क अधिकृत जीवन निरौला ज्यूले आगमिदिन कम्रश समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा आफ्नाे भनाई राख्नेहरुमा प्रमुख अतिथि प्रदेश संसद नारायण प्रसाद आर्चाय, विशिष्ट अतिथि प्रमुख जिल्ला सभापति दयाराज बस्याल, अतिथिहरु  हुंसी शिवम् सिमेन्ट कम्पनीकाे सिनियर म्याननेजर उयू फ्याङ, हुंसी शिवम् सिमेन्ट कम्पनीकाे जनसम्पर्क अधिकृत जीवन निरौला,  हुंसी शिवम् सिमेन्ट कम्पनीकाे म्यानेजर जेम्स, निस्दी गाउँपालिकाकाे नेकपा पाटिकाे  संयाेजक देवीलाल लामीछाने  र अन्त्यमा  निस्दी गाउँपालिकाकाे अध्यक्षद्धारा स्थानिय सरकारकाे तर्फबाट प्रभावित क्षेत्रका जनताहरुलाई आगामी दिनमा सग्दाे सहयाेग गर्ने प्रतिबद्धताकाे साथ कार्यक्रमकाे समापनमा गर्नुभएकाे थियाे  ।

उक्त कार्यक्रमकाे संचालन निस्दी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल ज्यूले गर्नु भएकाे थियाे भने निस्दी गाउँपालिकाकाे उपाध्यक्ष  रिता कुमारी अर्याल खनाल ज्यूकाे स्वागत मन्तव्यबाट शुरुवात गरिएकाे थियाे ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि