मिति २०८२ साल असार ४ गतेका दिन स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा निस्दी गाउँपालिकाको समन्वयमा निस्दी गाउँपालिका वडा नं. ४ स्थित मित्याल स्वास्थ्य चौकीमा HPV DNA प्रविधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यको शुभारम्भ गरिएको छ।कार्यक्रम मित्याल स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष श्री सन्तविर सुनारी ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यू प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो।
स्वास्थ्य सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोग गर्दै महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखी सुरु गरिएको यस स्क्रिनिङ सेवाबाट महिलामा हुने पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाई आवश्यक उपचारमा सहयोग पुग्ने विश्वास लिइएको छ।