निस्दी गाउँपालिका–१ बाकामलाङ भोटाहामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। स्थानीय सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पोष्टको उद्घाटन कार्यक्रम मिति २०८२ असार २ गते, प्रमुख जिल्ला अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा तथा पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्यूको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको हो।