निस्दी गाउँपालिका, पाल्पाको निस्दी आधारभूत अस्पताल भवन हस्तान्तरण तथा उद्घाटन समारोह मिति २०८३ असोज ५ गते भव्यतापूर्वक सम्पन्न भएको छ।
निस्दी गाउँपालिका अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय दिपेन्द्र कुमार पुन ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति माननीय राजु प्रसाद श्रेष्ठ ज्यू विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका पदाधिकारी तथा कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय सरोकारवाला, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण बहादुर चितौरे ज्यूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
निस्दी आधारभूत अस्पताल भवनको हस्तान्तरण तथा उद्घाटनसँगै स्थानीय नागरिकलाई सुलभ, सहज, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। यसबाट निस्दी गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।