निस्दी गाउँपालिकाको आयोजनामा मिति २०८२ वैशाख २६ गते देखी ३० गते सम्म संचालित ५ दिने सहकारी लेखा व्यवस्थापन तालिम मिति २०८२ वैशाख ३० गतेका दिन सम्पन्न भएको छ ।
निस्दी गाउँपालिकाको अनुगमन टोलीबाट आ.व २०८१/८२ को वडा नं. १, बाकामलाङमा संचालित लितिपिङ्ग देखी डुडेखोल्सी मोटर बाटो ढलान तथा लालिगुरास प्रा वि ट्रस्ट विल्डिङ आयोजनाको अनुगमन मिति २०८२ बैशाख २६ गतेका दिन सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा निस्दी गाउँपालिकाको सहकार्यमा लागु औषध नियन्त्रण, शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम मिति २०८२ वैशाख १५ गतेका दिन निस्दी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यज्यूको करकमलबाट निस्दी गाउँपालिका वडा नं. ४ बसेनी स्थित बहुउद्देश्यीय सभाहल समुद्घाटन मिति २०८२ बैशाख १२ गतेका दिन सु-सम्पन्न भयो ।