FAQs Complain Problems

ग्यालरी

आज मिति २०७५/०३/१० गते आईतबारको दिन निस्दी गाउँपालिका सभाहलमा दोस्रो गाउँसभाको पहिलो बैठक  "सम्वृद्ब निस्दी निर्माणको आधार उत्पादन व्यापार र स्थानीय रोजगार" मुल नाराको साथ सम्पन्न भएको छ ।  यस निस्दी गाउँपालिकाको अध्यक्ष श्री मुक्त बहादुर सारु ज्यूको अध्यक्षता साथै गाउँपालिकाको उपाध्यक्ष रीता कुमारी खनाल अर्यालद्बारा यस निस्दी गाउँपालिकाको आ.व.२०७५/०७६ को बजेत,निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गाउँसभा सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । गाउँसभाले आगामी आ.व. २०७५/०७६का लागि सामाजिक विकास, पुर्वाधार विकास र आर्थिक विकासलाई प्राथमिकता दिएको छ ।

मिति: 06/24/2018 - 16:25
, , ,

निस्दी गाउँपालिका कृषि शाखाको आयोजनामा वार्षिक कृषि विकास कार्यक्रम समिक्षा, भावी रणनिति तथा कृषक सम्मान कार्यक्रम सम्पन्न पारियो । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा शाखा संयोजक नवराज घिमिरेको संचालनमा भएको थियो । उक्त कार्यक्रममा सहलकोटका यम बहादुर मश्राङ्गी गल्धाका शेर बहादुर सोती र ज्यामिरेका नरवीर दर्लामीलाई ५००० का दरले खापा र सम्मानपत्रद्धारा सम्मानित हुनु भएको थियो ।

मिति: 06/21/2018 - 13:44
, , , , , , , ,

निस्दी गाउँ पालिका कृषि शाखाबाट आ.व. ०७४।०७५ को वार्षिक स्विकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा वितरण भएको प्लाष्टिक घर जम्मा वितरण भएको संख्या २४० सिलपोलिन तथा ५० प्रतिशत अनुदानमा वितरण भएको मकै सुकाउने त्रिपाल जम्मा विवरण भएको संख्या २०५

१. बाकामलाङः५ थान प्लाष्टिक घर २८ थान  त्रिपाल

२. सहलकोटः३० थान प्लाष्टिक घर २२ थान त्रिपाल

३. झिरुबासः५५ थान प्लाष्टिक घर ३४ थान त्रिपाल

४. मित्यालः७० थान  प्लाष्टिक घर ४० थान त्रिपाल

५. गल्धाः४५ थान प्लाष्टिक घर २१  थान त्रिपाल

६. अर्चलेः५ थान  प्लाष्टिक घर ० थान त्रिपाल

मिति: 04/24/2018 - 14:28
, , , , ,

Pages